काँग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Posted on: 22 Mar, 2017

सास । चैत्र ९, बर्दिया ।

जिल्लाको राजापुर नगरपालिकामा अायोजित नेकपा माओवादी केन्द्रको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विदुर पोखरेल सहित आधा दर्जन बढी कार्यकर्ताहरु नेपाली काँग्रेस पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


यसरी प्रवेश गर्नेहरुमा भिम्मापुरबाट शिव प्रसाद थारु, रामपुरबाट कालुराम थारु, मानपुरटपराबाट रामकुमारी चौधरी, रजपुरुवाबाट कृष्ण चौलागाईं, ईन्द्र देवकोटा, राजापुर बादीटोलबाट गोरख बादी, ललितापुरबाट कर्ण प्रसाद ढुङ्गाना लगायत रहेका छन् । 

प्रशिक्षण कार्यक्रममा केन्द्रका पोलिव्युरो सदस्य विष्णु बहादुर थारु, तिलक शर्मा हिमाल सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष भुवन थारु, कार्यकर्ता हरिमाया अधिकारीले मन्तव्य राख्नुभएको थियो भने नगर उपाध्यक्ष चिन्तामणी आचार्यले स्वागत गर्नुभएको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!