भोजपुरमा एकसय ४४ मतदान केन्द्र

Posted on: 24 Mar, 2017

चैत ११, भोजपुर । आगामी स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । 

राजनीतिक दल, सरोकारवालाको सर्वपक्षीय निर्णयले जिल्लाभर एकसय ४४ मतदान केन्द्र राख्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

स्थानीय तह पुनर्संरचना भएसँगै भोजपुर जिल्लाका दुई नगरपालिका – भोजपुर र षडानन्द नपा र सात गाउँपालिका क्रमशः साल्पा–सिलिचो, टेम्के–मैयूँ, पौवा–दुम्मा, अरुण, हतुवागढी, आम्चोक तथा रामप्रसाद राई गाउँपालिकाका जम्मा ८७ ठाउँमा मतदानस्थल राख्न सिफारिस गरिएको छ । 

दुई नगरपालिकामा २६ र सात गाउँपालिकामा ६१ मतदानस्थल राखिने भएको हो । निर्वाचनका लागि कर्मचारीको लगत सङ्कलन भइरहेको र निर्वाचन शिक्षा भने चैत दोस्रो हप्तादेखि सञ्चालन गरिने निर्वाचन अधिकारी रेग्मीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!