निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था

Posted on: 25 Mar, 2017

चैत १२, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, पर्साले निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गर्ने नीति लिएको छ । 

जिल्ला सुरक्षा समितिका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले रासससँग कुरा गर्दै निर्वाचनमा मतदाता तथा मतदान केन्द्रका लागि केन्द्रीय सुरक्षा नीतिअन्तर्गत रहेर उच्च सुरक्षा व्यवस्था गर्ने बताउनुभयो । 

सुरक्षा नीतिअन्तर्गत मतदान केन्द्रलाई लक्षित गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा आवश्यकताअनुसार नेपाली सेनासमेत परिचालन गर्ने जनाएको छ । 

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न मतदान केन्द्र र मतदाताको सुरक्षालगायतका विषयमा बारम्बार जिल्ला सुरक्षा समितिको बैठक बस्ने गरेको पर्साका प्रजिअ घिमिरेले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!