उप–प्रधान मन्त्रि थापाबाट चैत्राष्टमी मेलाको उद्घाटन हुने

Posted on: 29 Mar, 2017


बागलुङ कालिका मन्दिरमा परम्परागत रुपमा संचालन हुदै आएको ऐतिहासिक चैत्राष्टमी मेला बुधबार देखि शुरु हुने भएको छ । कालिका मन्दिर परिसर पिकनिक स्पर्ट तथा बाड्डेचौर मैदानमा संचालन गरिने मेलाको तयारी अन्तिम चरणमा रहेको छ । 

मंगलबार प्रत्रकार सम्मेलनमा मेला आयोजक समितिका मूल संयोजक राजु खड्काले कार्यक्रमहरुको बारेमा जानकारी दिदै १६ गते अन्तर कलेज चैत्राष्टमी कप फुटबल प्रतियोगिता, १८ गते अन्तर गाविस कालिका कप भलिबल प्रतियोगिता, १९ गते राष्ट्यि लोक दोहोरी गीत प्रतियोगिता, २२ गते छेलो प्रतियोगिता तथा २३ गते समापन हुने जानकारी दिनु भयो । चैत्राष्टमीको दिन २२ गते मूल समारोहको उप–प्रधान तथा स्थानिय विकास मन्त्रि कमल थापाले उद्घाटन गर्ने मूल संयोजक खड्काले बताउनु भयो ।

गन्तब्य बागलुङ कालिका–कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, ब्यापार पर्यटन प्रर्बद्धन भन्ने नाराका साथ संचालन हुन लागेको मेलामा कालिका मन्दिरको दर्शन, स्थानिय उत्पादनको प्रबद्र्धन तथा विक्रिका साथै मनोरन्जनात्मक कार्यक्रमहरु संचालन हुनेछन । कार्यक्रममा भलिबल विजेताले नगद १ लाख ३३ हजार तथा उप विजेताले ८८ हजार, लोक दोहोरी विजेताले नगद १ लाख तथा उप विजेताले ५० हजार, फुलबल बिजेताले नगद ४० हजार तथा उप विजेताले २० हजार तथा छेलो विजेताले नगद ११ हजार तथा उप विजेताले ५ हजार पुरस्कार जिप्ने छन । 

बागलुङको पर्यटन विकास तथा आर्थिक कारोवारमा उच्च महत्व राख्ने चैत्राष्टमी मेलामा स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु मेला भर्न आउने गर्दछन । मेलालाई ब्यवस्थित रुपमा संचालनका लागी कालिका भगवती गुठीको संयोजनमा ११ सस्थाहरु आयोजक रहेका छन । स्थानिय प्रशासन, सुरक्षा निकाय तथा राजनैतिक दलहरुको समेत महत्वपूर्ण सहयोग देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!