एमाले कास्कीले पोखरामा जनसभा गर्ने

Posted on: 29 Mar, 2017

चैत १६, पोखरा । नेकपा (एमाले) कास्की जिल्लाले यही चैत १८ गते पोखरामा जनसभा गर्ने भएको छ । 

पोखराको चिप्लेढुङ्गामा हुने सो जनसभालाई पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जिल्ला कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

पोखराको बगर, रानीपौवा र सिर्जनाचोकमा एकत्रित भई अघि बढ्ने जुलुस चिप्लेढुङ्गा पुगेर जनसभामा परिणत हुने र जनसभामा २० देखि २५ हजारको सहभागिता रहने पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापाले बताउनुभयो । 

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका र गाउँपालिकाहरुमा एमालेको बहुमत आए कास्कीको आर्थिक विकास हुने उहाँको दाबी छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!