उम्मेदवारी छनौट गर्न संयोजक चुनिए

Posted on: 30 Mar, 2017

लोकेन्द्र प्रशाद जोशी/चैत १७, दार्चुला । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी छनौट गर्न राष्ट्यि प्रजातन्त्र पार्टीले ९ वटै स्थानीय तहमा संयोजक छनौट गरेको छ । 

राष्ट्यि प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बीरसिह बडालको अध्यक्षतामा बसेको बैठकले संयोजक छनौट गरेको हो । 

जसअनुसार महाकाली नगरपालिकामा चन्द्र बल्लभ जोशी, शैल्य शिखर नगरपालिकामा प्रेमसिह धामी, व्यास गाउँपालिकामा मोहनसिह विष्ट, दुहु गाउँपालिकामा प्रेमसिह डडाल, नौगाड गाउँपालिकामा डम्मरबहादुर वम, मार्मा गाउँपालिकामा बीरसिह बोहरा, लेकम गाउँपालिकामा मानबहादुर कार्की, र मालिकार्जुन गाउँपालिकामा मोहनसिह धामीलाई संयोजकको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ । अपि हिमाल गाउपलिाकामा भने केहि दिनमा संयोजक छनौट गरिने बडालले जानकारी दिनुभयो ।

यस्तै राप्रपाले चार जनालाई पार्टीको जिल्ला कार्य समितिमा मनोनित गरेको जनाएको छ । जसअनुसार काशीसिह महर, प्रेमसिह धामी, मानबहादुर कार्की र धनसिह धामी कार्यसमितिमा मनोनित भएका हुन् । यस्तै विभिन्न पार्टीबाट राप्रपा प्रवेश गरेकाहरुलाई स्वागत गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!