काग्रेस बैठक उम्मेदवार छनौट गर्न सकेन, स्थानीय तहमै टुंग्याउन निर्देशन

Posted on: 30 Mar, 2017

लोकेन्द्र प्रशाद जोशी/चैत १७, दार्चुला । नेपाली काग्रेस दार्चुलाको जिल्ला कार्यसमिति बैठकले स्थानीय तहको लागि सिफारिस भइ आएका उम्मेदवारहरुको नामावली माथि छलफल गरेको छ । बुधबार सकिएको बैठकले ७ गाउँपालिका र २ नगरपालिका, वडा तहबाट सिफारिस भइ आएका उम्मेदवारका नामावली माथि छलफल गरेको हो ।

हरेक तहबाट उम्मेदवारको संख्या सहमतिमा आउन नसकेको भन्दै सम्बन्धित तहमै उम्मेदवार टुंग्याउन बैठकले निर्देशन गरेको सचिव हरकसिह विष्टले जानकारी दिनुभयो । नौगाड गाउँपालिका, मार्मागाउँपालिका र शैल्यशिखर नगरपालिका बाहेकका अन्य क्षेत्रबाट उम्मेदवारका आकांक्षी बढि देखिएका छन् । नौगाड गाउँपालिकामा जगतसिह ठगुन्ना, मार्मा गाउँपालिकामा गोपालदत्त जोशी र शैल्य शिखर नगरपालिकामा अमरसिह धामीको नाम चर्चामा आएको हो ।

बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका र वडापालिकाका उम्मेदवार छान्न छनौट समिति समेत चयन गरेको छ । उता अपि हिमाल गाउँपालिकाबाट दुइ जनाको नाम प्रमुख र उपप्रमुखमा आएको छ । गाउँपालिका प्रमुखमा लोकेन्द्रसिह लोथ्याल र डम्मरसिह कार्की तथा उपप्रमुखमा देवकी ठेकरे र जीउनी ठेकरेको नाम सिफारिस भएको छ ।

अन्य गाउँपालिका र महाकाली नगरपालिकामा दर्जन बढि उम्मेदवारका आंकाक्षी देखिएकोले सम्बन्धित क्षेत्रमै मिलाउन निर्देशन गरिएको विष्टले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!