रसुवामा नयाँ शक्ति र एमालेका दुई सय कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on: 03 Apr, 2017


चैत २१, रसुवा । स्थानीय तहको निर्वाचनको यतिखेर गाउँ सहरमा सरगर्मी बढिरहेको छ । 

उम्मेदवार बन्न होडबाजी चलेको छ । अझ सहर बजारमा भन्दा पनि गाउँ-गाउँ मा चुनावी सरगर्मी व्यापक रुपमा बढीरहेको पाइनुका साथै अन्य दल परीत्याग गरेर काङ्ग्रेसमा प्रबेश गर्ने हरुको लहर चलेको छ । 

यसै सन्धर्भमा रसुवा जिल्लाको नौकुन्ड गाउँपालीकामा एमाले र नयाँ शक्ती परीत्याग गरेर  करीब २०० को हाराहारीमा नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन् । जिल्लामा आयोजित एक कार्यक्रमकाबीच उनीहरु प्रबेश गरेका हुन । 

यसरी काङ्ग्रेसमा प्रबेश गर्नेहरु अधिकांश पार्टीका जिम्मेवार नीकायमा रहेर काम गरीसकेका ब्याक्ती रहेका छन् । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस नौकुन्ड गाउँपालीकाका नेता एब तरुण दल रसुवाका सभापति डील बहादुर मोक्तानले नव प्रबेसीहरुले काङ्ग्रेसप्रती देखाएको आसा र भरोसाको पार्टीले उच्च मुल्यांकन गर्ने बताए । 

साथै नेता मोक्तानले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसलाई बीजयी गराउन जनता उत्साही रहेको समेत जानकारी दीए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!