राप्रपाका केन्द्रिय पार्सद माओवादी केन्द्रमा प्रबेश

Posted on: 19 Apr, 2017

सम्राट सिंह | बैशाख ६, बझाङ | स्थानिय निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पार्सद तथा बझाङ जिल्लाका प्रवक्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

प्रजातन्त्र पार्टीका केन्द्रिय पार्सद तथा बझाङ जिल्लाका प्रवक्ता पन्द्र बहादुर सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन । लामो समय देखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका सिंह कैलास गाविसका पूर्व गाविस अध्यक्ष पनि हुन ।  नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय बझाङमा बुधबार माननिय सांसद जनक बुढाले अबिर र दोसल्ला ओढाई नव प्रपेशीहरुलाई स्वागत गरेका थिए ।

देश माओवादी केन्द्रको एजेन्डामा घुमिरहेको र अब देशको निकास पनि माओवादी केन्द्रले मात्र  गर्नसक्ने भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको सिंहले बताए । अब केहि दिनमै आफुसँग रहेका कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गराउने उनले जानकारी दिए ।

फोटोमा: नव प्रवेशीलाई स्वागत पछिको सामुहिक फोटो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!