बागलुङमा मतदाता शिक्षा कार्यक्रम सुरु

Posted on: 20 Apr, 2017

कृष्ण कँडेल/बैसाख ७, बागलुङ । जिल्ला निर्वाचन कार्यालय बागलुङले १० वटै स्थानिय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । 

बागलुङ एक मतदान स्थाल एक मतदाता शिक्षा सहजकर्ता हुने गरि जिल्लाभर १ सय ९२ जना मतदाता शिक्षा सहजकर्ता छनोट गरेर चैत्र २९ गतेदेखि स्थानिय स्तरमा पठाईएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो । 

बैसाख ३१ गतेका लागि तय भएको स्थानिय तहको निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयं सेविका र बालविकाश केन्द्रका सहजकर्तालाई तालिम दिएर स्थानिय स्तरमा पठाईएको हो । 

कतिपय मतदाता शिक्षा सहजकर्ता गाउँटोलमा पुगेर यसअघि नै अभियान सुरु गरिसकेको र केहि कार्यक्षेत्र पुग्दै गरेको जिल्ला निर्वाचन अधिकारी शर्माको भनाई छ । 

उनिहरुलाई नमुना मतपत्र, मतादाता शिक्षा हाते पुस्तिका, निर्वाचन आचार सहिंता, मतपत्रमा छाप लगाउने सहि तरिका, मतदान बदर हुनसक्ने अबस्था जस्ता विषयमा तयार परिएका मतदाता शिक्षा सामग्री सहित पठाईएको छ । 

जिल्ला स्तरमा भएको तालिम लिएर स्थानिय स्तरमा आई बुधबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको ढोरपाटन नगरपालिका अन्तरगत साविकको बुर्तिबाङ गाविसका सामाजिक परिचालक तथा मतदाता शिक्षा सहजकर्ता विष्णु विसीले जानकारी दिनुभयो । 

उहाँले नगरिक जम्मा हुने सार्वजनिक स्थल, पार्टी कार्यालय, गाउँटोल र बजारमा पुगेर  मतदाता शिक्षाको बारेमा नागरिकहरुलाई सहजिकरण गरिरहेको जानकारी दिनुयभो । 

अभियानको क्रममा पोष्टर, पम्पप्लेट वितरण समेत गरिएको उहाँको भनाई छ । गाउँगाउँमा पुगेर मतदाता शिक्षा प्रभावकारी रुपमा दिन नसकिए बदरमत बढ्न सक्ने चर्चा स्थानिय स्तरमा हुने गरेको छ । 

नगरप्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष १, १ जाना, वडा अध्यक्ष १ जना, वडा सदस्य महिला १, दलित महिला १ र खुल्ला वडा सदस्य २ गरि एकैजना मतदाताले ७ वटा चिन्हमा मतदान गर्नुपर्ने भएकाले कम सचेतना भएका मतदाता झुक्किन सक्ने सम्भावना धेरै रहेको बताईन्छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!