गाउँ–नगरका निर्वाचन अधिकृत कार्यक्षेत्रमा

Posted on: 21 Apr, 2017

कृष्ण कँडेल | बैसाख ८, बुर्तिबाङ | बैसाख ३१ गतेको स्थानिय निर्वाचनका लागि स्थानिय तहका निर्वाचन अधिकृत आफ्नो कार्यक्षेत्र आउन थालेका छन् । पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत केदार पौडेल बिहिबार बुर्तिबाङ आईपुग्नुभएको छ । 

बडिगाड गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्मा यसअघि नै आफ्नो कार्यक्षेत्र आईपुगरेर फेरी सदरमुकाम बागलुङ बजार फर्किसक्नुभएको छ । निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत विष्णुभक्त रञ्जित र तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत सुवासचन्द्र लामिछाने भने अहिले जिल्ला सदरमुकाममै हुनुहुन्छ । 

निर्वाचनका लागि बैसाख १२ गते गाउँपालिका, नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय सुभारम्भ गर्न आयोगले निर्देशन दिईसकेको छ । बैसाख १६ गतेदेखि उम्मेद्वारी दर्ताको कार्यतालिका रहेको छ । यसको आन्तरिक तयारीका लागि आफु कार्यक्षेत्र आईपुगेको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत केदार पौडेलले जानकरी दिनुयभो । 

निर्वाचन अधिकृतहरुले कार्यालय भवनको व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक कामको तयारी थालेको बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले उपसचिव स्तरका कर्मचारीलाई स्थानिय तहमा निर्वाचन अधिकृतको रुपमा जिम्मेवारी तोकेको छ । स्थानिय तहका कार्यकारी अधिकृत तथा निमित्त कार्यकारी अधिकृतलाई सहायक निर्वाचन अधिकृत तोकेको छ । 

जिल्ला स्तरमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी भने जिल्ला न्यायाधिसले पाएका छन् । स्थानिय निर्वाचन आउन अब २४ दिन मात्र बाँकी छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा सहजकर्ता मार्फत स्थानिय तहका गाउँटोलमा मतदाता शिक्षा कार्यक्रम समेत सुरु गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!