एमाले गलकोट नगरका मेयर उम्मेद्वार माओवादी केन्द्रमा प्रवेश

Posted on: 21 Apr, 2017


कृष्ण कँडेल/बैसाख ८, बागलुङ । नेकपा एमालेले गलकोट नगरपालिकाको मेयरमा उठाउने तयारी गरेका नेता यमबहादुर श्रीस माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

बिहिबार माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा नेता रामबहादुर थापा बादलले उनलाई माओवादीमा स्वागत गरे । एमालेको बैसाख ३ गते भएको नगर कमिटि बैठकबाले नगरपालिका प्रमुख बनाउन एक जनाको नाम सिफारिस गर्दा श्रीस सर्बसम्मत भएका थिए । 

नेकपा माओवादीले जनयुद्ध सुरु गर्ने बेला माओवादीको बागलुङ जिल्ला सेक्रेटरी रहेका श्रीस पार्टीका तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय ब्युरो ईन्चार्ज डाक्टर बाबुराम भट्टराई र ा जिल्ला ईन्चार्ज हरिभक्त कँडेलको व्यबहार प्रति असन्तुष्टि जनाउँदै १० पेजको राजिनामा पत्र पार्टीलाई बुझाएर पार्टी भित्र त्यसको समिक्षा हुनुपर्ने माग गरेका थिए । 

उनि २०४८ सालको निर्वाचनमा बाबुराम नेतृत्वको तत्कालिन संयुक्त जनमोर्चाबाट बागलुङको निर्वाचन क्षेत्र–१ मा चुनाब लडेका नेता हुन् । आफ्नो राजिनामाको बिषयमा पार्टी भित्र सहि समिक्षा हुन नसकेको गुनसो गर्दै आएका उनले माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालको सुरुमै एमालेको सदस्यता लिएका थिए । 

पदबाट राजिनामा दिएपनि आफु माओवादीकै शुभचिन्तक रहेको अबस्थामा द्वन्द्व चर्किदैजाँदा प्रहरी प्रशासनले माओवादी भनेर दुःख दिने र पार्टीले वेवास्ता गरेपछ एमाले नजिक हुनु आफ्नो बाध्यता भएको श्रीसको भनाई छ । 

आफुलाई पार्टीमा फर्काउन  माओवादीको उच्च तहबाट पटक–पटक प्रयास भएपनि राजिनाम दिने बेलाको सहि समिक्षा नभएसम्म नफर्कने अडान राख्दै आएको उनले बताए ।  पछिल्लो पटक पार्टी र आफु बिच बुझाईमा एक रुपता भएपछि आफु नवप्रवेशी नभई पुरानै पार्टीमा फर्किएको उनको दाबि छ । 

नेता श्रीसको आस्था माओवादीमै रहेपनि प्रविधिक कारणले एमाले बन्नुपरेको दुवैपक्षबाट महसुस भएपछि पार्टीमा नयाँ सदस्यता नदिई पुरानै सदस्यताको नबिकरण गरिएको पोलिटब्युरो सदस्य तथा बागलुङका ईन्चार्ज लिलबहादुर थापाले बताए ।  

स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा एमालेबाट मेयरका लागि सिफारिस भएका पुराना नेता श्रीस माआवादीमा फर्किएपछि त्यसले चुनाबि नतिजामा समेत प्रभाब पर्ने आँकलन गरिएको छ ।  उनि अब माओवादीबाटै मेयरको उम्मेद्वार बन्न सक्ने चर्चा छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!