दार्चुलामा हेलिक्पटरमार्फत निर्वाचन सामाग्री ल्याइयो

Posted on: 26 Apr, 2017

लोकेन्द्र प्रशाद जोशी/बैसाख १३, दार्चुला । दार्चुलामा हेलिक्पटरमार्फत निर्वाचन सामाग्री आइपुगेको छ । 

बुधबार नेपाली सेनाको हेलिक्पटरमार्फत निर्वाचनमा चाहिने आवश्यक सामाग्री आइपुगेको हो । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार हेलिक्पटरमा अनुसूची फाराम, निर्देशिका, मतपेटिका लगायतका सामाग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो । 

निर्वाचनको मिति सरेपनि निर्वाचन कार्यालयले जिल्ला जिल्लामा निर्वाचन सामाग्री ढुवानी गरेको छ । निर्वाचन सामाग्रीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नजिक रहेको घरेलु तथा साना उद्योग विकास समितिको भवनमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!