रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on: 26 Apr, 2017

बैशाख १३, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा आज साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । 

त्यस्तै, बैठकले नवलपरासीको त्रिवेणी गाविसका ६ र ७ लाई विनयी गाविसमा मिलाउने र त्यसलाई ४ नं प्रदेशमा राख्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!