कास्कीमा राप्रपा र अखण्ड नेपाल पार्टीले प्रमुख र उपप्रमुखका उम्मेदवार तोके

Posted on: 27 Apr, 2017

बैशाख १४, पोखरा । राप्रपा र अखण्ड नेपाल पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेका छन् । 

राप्रपाले महानगरपालिकाको प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा रमेशबहादुर खत्रीलाई छनौट गरेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो । 

अखण्ड नेपाल पार्टीले महानगरपालिकाको प्रमुखमा मोती गिरी र उप–प्रमुखमा गोमा रायमाझीलाई छनौट गरेको पार्टीका जिल्ला अध्यक्ष पद्मबहादुर कार्कीले जानकारी दिनुभयो । 

पार्टीले उम्मेदवार बनाउने निश्चित भएपछि मतदाता शिक्षाका लागि खटिएका दुईजना महिला स्वयम्सेवकले राजीनामा दिएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । 

राजीनामा दिनेमा साविक निर्मल पोखरी गाविसकी सीता विक र लाहाचोककी कमला पौडेल सुवेदी हुनुहुन्छ । उहाँहरु दुवैलाई नेकपा ९एमाले०ले उम्मेदवार बनाउने भएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!