संशोधन प्रस्ताव असफल गराउने एमालेको निर्णय

Posted on: 27 Apr, 2017

वैशाख १४, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी नौ दलले सरकारले ल्याएको दोश्रो संशोधन प्रस्ताव असफल पार्ने निर्णय गरेका छन् । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको विपक्षी नौ दलको बैठकले संशोधन प्रस्तावका हरेक बुँदामा नयाँ संशोधन हालेर प्रस्ताव असफल पार्ने निर्णय गरेका हुन । 

यस्तै बैठकले स्थानीय चुनावमा सहकार्य गरेर जाने पनि निर्णय गरेका छन् । मधेसी मोर्चाका माग सम्बोधन गरेर चुनावमा सहभागी गराउन सरकारले दोश्रो संशोधन प्रस्ताव ल्याएको थियो । तर एमालेले संशोधन प्रस्तावका नाममा सरकारले चुनाव भाँड्न खोजेको निष्कर्ष निकालेको छ । 

मोर्चाका माग सम्बोधन गर्न सत्तारुढ दलले जबर्जस्ती भए पनि संसदबाट प्रस्ताव पारित गरेर छाड्ने भनेपछि विपक्षी नौ दलले प्रस्ताव असफल पार्ने रणनीति बनाएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!