यी हुन् प्यूठानबाट निर्बाचनमा दलिय हैसियत पाउने ८ दल

Posted on: 27 Apr, 2017

बैशाख १४, प्यूठान । स्थानिय निकायको निर्वाचनका लागि प्यूठानमा ८ वटा राजनैतिक दलहरुले मात्रै दलिय हैसीयत पाउने भएका छन । 

जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका ११ दलहरु मध्ये ८ दलले मात्र दलिय हैसियत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको  । 

जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका ११ दलहरु मध्ये निर्वाचन आयोगले सबै दलहरुलाई  चुनाव चिन्ह प्रदान गरि स्थानीय निकायको चुनावमा भाग लिनका लागी वाटो खोली दिएको भएपनि दलिय हैसियत भने ८ वटा दललाई मात्र दिईएको निर्वाचन कार्यालय प्रमुख कृष्णवहादुर कुवँरले जानकारी दिनुभयो । 

संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र निर्वाचनमा  भागलिन पाउने प्रावधान अनुसार प्यूठानमा ८ दलले मात्र दलिय हैसियत प्राप्त गरेका हुन । प्यूठान जिल्लामा दलिय हैसियत पाउने राजनैतिक दलहरुमध्ये नेपाली काग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्प्यूनिष्ट पार्टी माले रहेका छन । 

त्यस्तै राष्टिय जनमोर्चा, सघिय समाजवादी फोरम नेपाल, नेकपा माओवादी केन्द्र, र अखण्ड नेपाल पार्टीले पनि दलिय हैसियत प्राप्त गरेका छन । जिल्ला निर्वाचन कार्यालय प्यूठानमा दर्ता भएका तर चुनाव चिन्ह तथा दलिय हैसियत नपाएका दलहरुमा नयाँ शक्ति नेपाल, नेपाल दलित पार्टी, र नेपाल पुर्व राष्ट सेवक लोकतान्त्रिक पार्टी रहेका छन् । -शम्सेर विक्रम जि.सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!