यी हुन् लमजुङमा चुनाव चिह्न प्राप्त गर्ने सात दल (सुचिसहित)

Posted on: 02 May, 2017

बैशाख १८, लमजुङ । लमजुङमा सात राजनीतिक दलले मात्र आफ्नो पार्टीको चुनाव चिह्न प्राप्त गरेका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १४ मध्ये सात दलले मात्र चुनाव चिह्न पाएका हुन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले चुनाव चिह्न पाएका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका देशभक्त समाज, नेकपा (माले), युनाइटेड ग्रिन अर्गनाइजेसन, राष्ट्रिय शिवसेना पार्टी, नेकपा (माले) जनसमाजवादी र नेपाल राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले चुनाव चिह्न पाएका छैनन् । 

चुनाव चिह्न नपाएका दलले स्वतन्त्र उम्मेदवार बनी निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!