वैशाख ३० गतेभित्र मतदाता परिचयपत्र लिन आह्वान

Posted on: 02 May, 2017

बैशाख १९, रसुवा । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ । 

जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि वैशाख २८ गते बिहान ७ बजेदेखि ३० गते साँझ ७: ३० बजेसम्म वितरण गरिने भएकाले आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण रसुवाली मतदातालाई आह्वान गरिएको हो । 

मतदाता परिचयपत्र आआफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिने निर्वाचन अधिकारी खालिङले बताउनुभयो । उहाँका अनुसार मतदान हुने दिन परिचयपत्र वितरण हुने छैन । मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!