काँग्रेसले ढोरपाटन नगरमा मेयर सेरचन र उपमेयर पौवि सहित उम्मेद्वारी दर्ता गर्यो

Posted on: 02 May, 2017


कृष्ण कँडेल/बैसाख १९, बुर्तिबाङ । नेपाली काँग्रेशले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा मेयर, उपमेयर सहित ९ वटै वडाका अध्यक्ष तथा सदस्यको उम्मेद्वारी दर्ता गरेको छ । 

मेयरमा पार्टीका महाधिवेशन प्रतिनिधि अर्जुन सेरचन र उपमेयरमा दिलमायाँ रामदाम पौविको उम्मेद्वारी दर्ता भएको छ । 

वडा नम्बर–१ को अध्यक्षमा असोक विश्वकार्म, २ मा अने थापा मगर, ३ मा रामबहादुर कुँवर, ४ मा गोरख बहादुर राना र ५ मा चन्द्रकुमार गौतमको उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै ६ नम्बर वडाको अध्यक्षमा जीवनकुमार अदै, ७ मा होमबहादुर थापा, ८ मा हेमप्रसाद विक र वडा नम्बर–९ मा पदम पुनको उम्मेद्वारी दर्ता भएको छ । 

९ ओटै वडामा १ दलित महिला, एक खुल्ला महिला र २ खुल्ला सदस्य गरि काँग्रेशले ४७ जनाको प्यानल सहित दिउसो सवा २ बजे उम्मेद्वारी दर्ता गरेको हो । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!