एमालेका मेयर उम्मेदवार रकम वाँड्दा बाड्दै पक्राउ

Posted on: 14 May, 2017

बैशाख ३१, पर्वत । पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेको तर्फवाट मेयरको उम्मेदवार वनेका पदमपाणी शर्मालाई प्रहरीले पक्रेको छ । 

शनिवार साँझ फलेवास नगरपालिका ७ थापाठाना साविकको थापाठाना ९ खनारमा मतदातालाई रकमको मोलमलाई गरिरहेको अवस्थामा शर्मा पक्राउ परेका हुन् । मतदाताले रकमको मोलमलाई गर्दागर्दै झगडा उत्पन्न भएको स्थानीयले वताएका छन् । उनले थापाठानामा मतदातालाई पैसाले किन्न खोजेको भन्दै स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए ।

 घटनास्थलमा पुगेर प्रहरीले उनलाई कार्किनेटा पु¥याएर छोडेको छ । मतदातालाई प्रलोभनमा पार्न पर्वतमा एमालेले रकम वाँडेको आरोप आईरहेका वेला मेयरका उम्मेदवार नै रकम वाँड्न संलग्न भएको अवस्थामा पक्राउ पर्नुले फलेवास नगरमा मतदातालाई प्रलोभनमा पार्न एमाले सक्रिय रहेको खुलासा भएको छ ।

 कुर्घा र पाङराङमा हिजो भोजभतेर गराएको शर्मामाथी आरोप छ । मौन अवधिमा यसरी मतदातालाई प्रलोभनमा पार्ने उम्मेदवारलाई कारवाहि नगरि प्रहरीले त्यत्तिकै छोडेको छ । यसले प्रहरीको कारवाहि प्रक्रियामाथी प्रश्नचिन्ह खडा भएको छ । थापाठानामा अहिले कार्यकर्ताहरुले नारावाजी गरिरहेका छन् । उनलाई आचारसंहिता उलंघन गरेको प्रमाण पेश गर्दा समेत प्रहरीले कारवाहि नगरेको उनीहरुको आरोप रहेको छ ।

 कार्किनेटा प्रहरीचौकीका प्रहरी निरीक्षक कविर प्रधानले उम्मेदवार शर्मालाई स्थानीयले घेराउ गरेको अवस्थामा स्कर्टिङ गरेर ल्याएको वताउनुभयो । उहाँले रकम वाँड्दै गरेकोवारे आफुलाई थाहा नभएको वताउनुभयो । स्थानीयले वाटो छेकेपछि आफुहरुले सुरक्षा दिएर कार्किनेटा पु¥याएको प्रधानले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!