लाङटाङ मतदान केन्द्र सम्पर्कमा

Posted on: 14 May, 2017

बैशाख ३१, रसुवा । जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान भएको छ । 

दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कविहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्र भर्खरै सम्पर्कमा आएको र त्यहाँ ७७ प्र्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिनुभयो । मौसमले साथ दिएमा मतदान सकिएपछि मुन्ड मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमा सदरमुकाम धुन्चे ल्याइने बताइएको छ । 

यहाँ कुल ३४ मतदानस्थलमा ४२ मतदान केन्द्र छन् । जिल्लाका पाँच गाउँपालिकामा २७ हजार आठ सय ५४ मतदाता छन् । यहाँ शान्तिसुरक्षाको अवस्था मजबुत रहेको र उत्साहपूर्वक मतदान भइरहेको उप्रेतीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!