ज्वालामुखी गाउँपालिकाका सबै स्थानीय तहमा शान्तपूर्ण मतदान

Posted on: 14 May, 2017


तश्विरमा: ढोला स्थित मतदान केन्द्रमा मतदान गराईदै |

बैशाख ३१, धादिङ्ग (खरी) | ज्वालामुखी गाउँपालिकाका सबै स्थानीय तहमा शान्तपुर्वक र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ | गाउँपालिका अन्तर्गत सबैभन्दा बढी मतदाता भएका वार्ड नम्बर ५ स्थिति कुल ३२६८ मतदातामा २४६३ मत खसेको छ | 

त्यस्तै ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा २१२० मतदाता मध्ये १६६२ (७८.३९%) मत खसेको जानकारी प्राप्त भएको छ ।

गाउँपालिका अन्तर्गत चैनपुरमा ३, खरीमा १, ढोलामा १ र मैदिका ३ मतदान केन्द्रमा उत्साहजनक सहभागिता रह्यो | गाउँपालिकास्थित सबै मतदान केन्द्रमा खटेका प्रहरी तथा अधिकृतहरुले दिएको अनुसार केहि ठाउँमा सामान्य बिबाद बाहेक सबै स्थानमा मतदान शान्तपूर्ण रुपमा सम्पन्न भएको छ | 

मुख्य प्रतिष्पर्धीको रुपमा एमाले, कांग्रेस र माओवादी रहेको यस स्थानीय तहमा माओवादी र कांग्रेस बीच तालमेल छ भने एमाले एक्लै सहभागी बनेको छ | मतगणनाको काम भोलिबाट सुरु हुने जानकारी प्राप्त भएको छ |

हेर्नुस् बिभिन्न मतदान केन्द्रका झलकहरु: 


तश्विरमा: चैनपुर स्थित गाउँ  मतदान केन्द्रमा मतदान गराईदै |


तश्विरमा: मैदीको सातदोवाटे स्थित मतदान केन्द्रमा मतदान गराईदै |


तश्विरमा: मैदीको ठुलोचौर स्थित मतदान केन्द्रमा मतदान गराईदै |


तश्विरमा: मैदीको  सातभन्ज्याङ स्थित मतदान केन्द्रमा मतदान गराईदै |

तश्विरमा: खरीको  मैदानस्थित मतदान केन्द्रमा मतदान गराईदै |

तश्विरमा: चैनपुर वडा नम्बर ७ को मतदान केन्द्रमा मतदान गराईदै |

यस बिषयमा तपाइको प्रतिक्रिया...!