ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै

Posted on: 15 May, 2017

जेठ १, ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना भइरहेको छ । 

अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ३६७ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३०९ मत ल्याएका छन् । 

यस्तै माओवादी केन्द्रका दिनेश महर्जनले ११२ मत ल्याएका छन् ।

यसैगरी वडा नम्बर १ मा पनि कांग्रेसकै अग्रता रहेको छ ।

कांग्रेस- ३१६

एमाले- ३११

माओबादी- १२१

यस बिषयमा तपाइको प्रतिक्रिया...!