सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ मा एमाले विजयी

Posted on: 15 May, 2017

जेठ १, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । 

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । 

यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र्र)का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गर्नुभएको छ । 

यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!