ललितपुर महाकालमा एमाले उम्मेदवार विजयी

Posted on: 16 May, 2017

जेठ २, ललितपुर  | ललितपुरको महाकाल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । 

सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै उपप्रमुखमा एमालेका कमला तामाङले दुई हजार २६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुशीला अधिकारीले एक हजार ३९९ मत प्राप्त गर्नुभएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!