काभ्रेको पाँचखाल नपा–४ मा काँग्रेस र ५ मा माओवादी विजयी

Posted on: 17 May, 2017

जेठ ३, काभ्रे | काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी हुनुभएको छ भने ५ मा नेकपा (माओवादी केन्द्र)का बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी हुनुभएको छ । 

वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेश नेपाल ४७९ मत ल्याई दोस्रो हुनुभएको छ भने वडा नम्बर ५ मा एमालेकै सीताराम ढुङ्गाना ४१८ मतले दोस्रो हुनुभएको छ । 

वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी हुनुभएको छ । त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी हुनुभएको छ । 

वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी हुनुभएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!