हुम्लामा माओवादी २, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

Posted on: 17 May, 2017

रेशम राज रोकाया | जेठ ३, हुम्ला | हुम्लाको ७ गाउँपालिका मध्ये ३ वटा गाउँपालिकाको नतिजा आएको छ । जसमध्ये ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा एमालेका दल फडेरा, सिमिकोटमा नेपाली काँगेसका पदम लामा विजयी भएका छन् । 

जिल्लाको चिन सिमानामा रहेको नाम्खा गाउँपालिकाको कुनैपनि वडा तथा गाउँपालिकाको नातिजा आउन सकेको छैन । भौगोलिक विकटता तथा टेलिफोन नलाग्ने भएकोले कुनै जानकारी नआएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सर्केगाड गाउँपालिकाको नातिजा आउन बाँकी रहेको छ, जहाँ माओवादी केन्द्रका कृष्ण रोकाया (करुण) र नेपाली काँग्रेसका मंगल बहादुर शाहीको विचमा कडा प्रतिष्पर्धा रहेको बुझिएको छ । 

त्यसै गरी सिमिकोटको वडा नं. ८ मा एमालेका चक्र बुढा वडा अध्यक्षमा विजयी भएका छन् भने वडा नं. ७ मा स्वतन्त्रका उम्मेद्वार राज ब. शाही विजयी भएका छन् । सर्केगाढको वडा नं. ७ मा नेपाली काँग्रेसका कृष्ण प्रसाद जैश िवडाध्यक्षमा विजयी भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!