हुम्लामा माओवादी ३, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

Posted on: 17 May, 2017

रेशम राज रोकाया | हुम्लाको ७ गाउँपालिका मध्ये ५ वटा गाउँपालिकाको नतिजा आएको छ । जसमध्ये ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा एमालेका दल फडेरा, सिमिकोटमा नेपाली काँगेसका पदम लामा प्रमूखमा र माओवादी केन्द्रका बली रावत विजयी भएका छन् ।

जिल्लाको चिन सिमानामा रहेको नाम्खा गाउँपालिकाको प्रमूखमा विष्णु लामा र उपप्रमूखमा फुली लामा विजयी हुनु भएको छ । सर्केगाड गाउँपालिकाको नातिजा आउन बाँकी रहेको छ, जहाँ माओवादी केन्द्रका कृष्ण रोकाया (करुण) र नेपाली काँग्रेसका मंगल बहादुर शाहीको विचमा कडा प्रतिष्पर्धा रहेको बुझिएको छ । त्यसै गरी खार्पुनाथ गाउँपालिकाको मतदान स्थगित भई मतदान हुन सकिरहेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!