प्रदेस नम्बर ६ मा माओवादी पहिलो, एमाले तेश्रो

Posted on: 17 May, 2017


जेठ ३, काठमाडौं । तीन प्रदेशमा जारी २ सय ८३ स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा माओवादी पहिलो हुने देखिएको छ भने क्रमश कांग्रेस र एमाले दोश्रो र तेश्रो बन्ने देखिएको छ ।

प्रारम्भिक मत परिणामलाई विश्लेषण गर्ने हो भने ६ नम्बर प्रदेशमा माओवादी केन्द्रको अग्रता संगै बिजयी बनेका स्थानीय तहको शंख्या बढी छ । कुल ७८ ओटा स्थानीय तह रहेको प्रदेस नम्बर ६ मध्ये २९ स्थानको मत परिणाम आइसक्दा माओवादीले नै सबैभन्दा बढी स्थानमा विजय हाँशिल गरेको छ । अहिलेसम्मको नतिजा हेर्दा १२ स्थानमा माओवादीले जितेको छ भने ९ स्थानमा कांग्रेसले जितेको छ । त्यस्तै एमालेले ६ स्थानमा मात्र जितेको छ । प्रदेश नम्बर ६ का दुई वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेश नम्बर ६ को थप आउन बाँकी २१ स्थानीय तहको मगणनालाई विश्लेषण गर्ने हो भने एमाले ८ स्थानमा अग्रता लिएको छ त्यस्तै माओवादीले ७ र कांग्रेसले ६ स्थानमा अग्रता लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!