सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमालेका कमल नेपाल विजयी

Posted on: 17 May, 2017

जेठ ३, चौतारा । सिन्धुपाल्चोकका ११ स्थानीय तहमध्ये लिसंखुपाखर गाउँपालिकाको मतगणना सकिएको छ ।

लिसंखुपाखरको अध्यक्षमा नेकपा एमालेका जिल्ला सचिव कमल नेपाल ३० मतको अन्तरमा बिजयी भएका छन् । २ हजार ७६१ मतसहित नेपाल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजु लामाले २ हजार ७३१ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै हेमगंगा मोक्तान २८५२ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी फूलम लामाले २ हजार ४१७ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाका ६ ओटा वडामध्ये माओवादीले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!