म्याग्दीको मालिका गाउँपालिकामा काँग्रेस निर्वाचित

Posted on: 17 May, 2017

जेठ ३, बाबियाचौर(म्याग्दी) | म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित हुनुभएको छ । 

दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित हुनुभएको हो । रोकाका प्रतिस्पर्धी नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

बिटालुकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी विमला रोकाले दुई हजार ६६४ मत प्राप्त गर्नुभयो । वडा नं ७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार रेशम जुक्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

जुक्जालीका प्रतिस्पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा स्वतन्त्र प्यानलका चनदेवी पुन (३४५), सरु श्रीपाली (३४६), वुद्धिबहादुर जुक्जाली (३३७) र गोरखबहादुर जुक्जाली (३२३) मत ल्याएर निर्वाचित हुनुभएको छ । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो । 

मालिकाको वडा नं १ मा नेपाली काँग्रेसका टङ्क पुन, २ मा एमालेका नरबहादुर पुन, ३ नं मा एमालेका हेमबहादुर पुन, ४ नं मा (माओवादी केन्द्र)का दिलीप शेरचन, ५ नं मा काँग्रेसकी पिपला बुढाथोकी, ६ नं मा एमालेका सन्तनाथ जैसी निर्वाचित हुनुभएको छ । 

दश हजार ६४४ जना मतदाता रहेको मालिका गाउँपालिकामा सात हजार १४ मत खसेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!