रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र दोब्बर बढी मतले अगाडी

Posted on: 17 May, 2017

जेठ ३, रुकुम | रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रले कांग्रेस-एमाले प्रतिष्पर्धीभन्दा दोब्बर बढी मत सहित अग्रता लिएको छ । 

माओवादी केन्द्रका मेयर पदका उम्मेदवार बिशाल शर्माले ४ हजार ८६७ र उपप्रमुखमा माओवादीकै राधिका रोकाले ४ हजार ७५५ मत ल्याएकि छन् भने प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार बलबीर गोसाईले २ हजार ३३३, उपप्रमुख पदमा मनिषा भण्डारीले २ हजार ३२४ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा एमालेका उम्मेदवार शेर बहादुर केसीले  २ हजार ४३ मत पाएका छन् भने उपप्रमुखमा एमालेकि काल्याणी खड्काले २ हजार १०७ मत प्राप्त गरेकी छन् । 

कुल १४ वटा वडामध्ये १० वडामा माओवादी, एक-एक वडामा कांग्रेस र एमाले विजयी भएका छन् । अब वडा नम्बर १ र २ को मत गणना बाँकी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!