ज्वालामुखी-५ मा एमाले बिजयी, तरिका नजान्दा माओवादीले ४६६ मत गुमायो

Posted on: 17 May, 2017

अनिल अधिकारी | जेठ ३, धादिङ्ग | धादिङ्गको ज्वालामुखी गाउँपालिका अन्तर्गत ७ वडा मध्ये ५ वडाको मत गणना सकिएको छ | 

पछिल्लो मत गणना अनुसार ज्वालामुखी गाउँपालिका ५ (साविक खरी गाविस) मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद काप्री सहित प्यानलै बिजयी बनेको हो | बिजयी बनेका एमाले उम्मेदवार कृष्ण प्रसाद काप्रीले १२५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बिष्णु दुवाडीले १०१६ मत प्राप्त गरेका छन् | 

यससंगै ज्वालामुखी गाउँपालिकाबाट एमालेले ३ ओटा वडामा र कांग्रेसले २ ओटा वडामा आफुलाई बिजयी गराएका छन् | 

माओवादीले ४६६ मत गुमायो  

यता गाउँपालिका उपाध्यक्ष पदमा कांग्रेस र माओवादी तालमेल गरिएकोमा हालसम्म माओवादी केन्द्रका उम्मेदवार बिष्णु श्रेष्ठ केहि मतले अग्रता लिएका छन् | खरी (ज्वालामुखी-५) मा मतदाता भुलिने डरले कांग्रेसले तालमेल अनुसार उपाध्यक्ष पदमा माओवादीलाई भोट दिनुपर्छ भन्ने सिकाएन | जसको कारण केहि जान्ने बुझ्नेले माओवादीलाई मत दिएपनि ४६६ जना मतदाताले रुखमै मतदान गरे | आफ्नो कुनै उम्मेदवार नभएको अवस्थामा तालमेल अनुसार उपाध्यक्ष पदको मत माओवादीलाई दिनुपर्ने हो तर तरिका नजान्दा कांग्रेसको आधाजसो मत माओवादीलाई गएन | 

गाउँपालिका अन्तर्गतका अन्य वडाबाट गतिलो मत पाएको माओवादी केन्द्रका उम्मेदवार बिष्णु श्रेष्ठ ज्वालामुखी ५ को तालमेल मतले निकै माथि हुन सक्थे तर सोचेजति मत नहुँदा एमालेकि प्रतिद्वन्दी जानुका सिंखडाभन्दा केहि अग्रतामा मात्र रहेक छन् | अब वडा नम्बर ६ र ७ को मत गणना हुन बाँकी छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!