बाग्लुङको बडीगाडमा एमालेका उम्मेदवार विजयी

Posted on: 18 May, 2017

जेठ ४, बाग्लुङ । बाग्लुङको बाडीगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालका उम्मेदवारले जितेका छन् । उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा एमालेका मेहरसिंह पाइजा र उपाध्यक्षमा कांग्रेसका अम्बरबहादुर श्रीष विजयी भएका बडिगाडका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

पाइजाले ४९२१ र श्रीषले ४२९१ मत पाएका छन् ।

पाइजाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गण्डकी थापाले ४३२९ मत पाइन् भने उपप्रमुखमा माओवादीका राजीव घिमिरेले २०५९ मत ल्याए ।

नगरपालिका प्रमुखमा पराजित राष्ट्रिय जनमोर्चाका भीमसेन वनले १२५८ र उपमेयरमा पराजित रुनमाया थापाले १२९१ मत ल्याइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!