मतगणना नसकिँदै एमाले उम्मेदवारद्वारा हार स्वीकार

Posted on: 19 May, 2017


जेठ ५, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखका एमाले उम्मेदवार पुण्यप्रसाद चौंलागाईंले आफ्नो हार स्वीकार गर्दै सामाजिक संजालमा स्टाटस राखेका छन् ।

मत गणना जारी रहेको अवस्थामै चौलागाईंले फेसबुक पेजमार्फत् गोकर्णेश्वर नगरपालिकामा एमालेले हारेको बताएका हुन् । एमाले उम्मेदवार चौलागाईंले फेसबुकमा लेखेका छन्, ‘जन्मपछि मृत्युु यथार्थ जस्तै चुनावी मैदानमा होमिएपछि हार वा जीत पनि यथार्थ हो । त्यसैले हामीलाई यो पटक हार हात परेको छ । हार नै जितको संकेत हो भने झै हामीले हारेका छौं ।’

चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै उनले एमालेलाई चुनावमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

हेर्नुहोस् पुण्यप्रसाद चौलागाईंको फेसबुक स्टाटस


यस बिषयमा तपाइको प्रतिक्रिया...!