पोखरा लेखनाथ महानगरपालिका–११ मा काँग्रेस विजयी (१-१० सम्म कसले जिते ?)

Posted on: 19 May, 2017

जेठ ५, पोखरा | पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मोहन बाँस्तोला एक हजार ७७८ मतसहित विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवेन्द्र बाँस्तोलाले एक हजार ५४९ मत मत प्राप्त गर्नुभयो । 

त्यस्तै सदस्यमा नेपाली काँग्रेसको तर्फबाट महिला सदस्यका उम्मेदवार तीर्थकुमारी गुरुङ, दलित महिला सदस्यका उम्मेदवार टुकुरा परियार, खुला सदस्यका उम्मेदवार राजेन्द्रबहादुर भट्टराई र एमालेका सदस्यका उम्मेदवार लोकराज आचार्य विजयी बन्नुभएको छ । 

१ देखि १० वडासम्म क-कसले जिते ? 

वडा न १ - एमाले 

वडा न २ - काङ्ग्रेस 

वडा न ३ - काङ्ग्रेस 

वडा न ४ - काङ्ग्रेस

वडा न ५ - एमाले

वडा न ६ - काङ्ग्रेस 

वडा न ७ - एमाले 

वडा न ८ - एमाले 

वडा न ९ - काङ्ग्रेस 

वडा न १० - काङ्ग्रेस 

वडा न ११ - काङ्ग्रेस

यस बिषयमा तपाइको प्रतिक्रिया...!