'काँग्रेसले जिते पनि म खुसी ! एमालेले जिते पनि म खुसी !!'

Posted on: 19 May, 2017

जेठ ५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावको पहिलो चरण सम्पन्न हुनु सबैको जित भएको बताएका छन् ।

आज चितवनको रामपुरस्थित कृषि तथा वन विश्व विद्यालय केन्द्रीय कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने - 'चुनाव हुनु ठूलो कुरा हो । निर्वाचन भएपछि कस्ले जित्यो वा हार्यो, त्यो मेरा लागि महत्वपूर्ण विषय रहेन । 

प्रधानमन्त्री प्रचण्डले निर्वाचन गर्न निकै कसरत गरेको भन्दै दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन अझ बढी जिम्मेवार भएर लाग्ने बताए । सबै दलको जित आफ्नै जित जस्तै भएको भन्दै उनले भने -'काँग्रेसले जिते पनि म खुसी, एमालेले जिते पनि म खुसी र आफ्नै पार्टीले जिते पनि खुसी नै छु ।' उनले निर्वाचन हुनु सिंगो राष्ट्रको जित भएको बताए । उनले भने -'जस्ले जिते पनि यो मेरो आफ्नै जित हो।' 

प्रधानमन्त्री दाहालले अब दोस्रो चरणको निर्वाचनका लागि आजैदेखि काठमाडौंमा सर्वदलीय बैठक बस्ने र सबैलाई समेटेर चुनाव गराउने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!