कांग्रेस नेता रामशरण महतको पकेट क्षेत्रमा माओवादी केन्द्र बिजयी

Posted on: 19 May, 2017

जेठ ५, नुवाकोट । नुवाकोट स्थित पन्चकन्या गाउँपालिकामा मत गणना जारी छ तर माओवादी केन्द्रले गणना हुन बाँकी मत भन्दा बढी मतले अग्रता लिएपछि स्वत: बिजयी भएको छ । 

पन्चकन्या गाउँपालिका अन्तर्गत अध्यक्षमा माओबादी केन्द्रका तेजबहादुर लामा तामाङ बिजयी भएका हुन् ।

१ सय ६७ मत मात्र गन्न बाकि छँदा माओवादी केन्द्रले १६८ मतले अग्रता लिएपछी स्वत: बिजयी बनेको छ । मत गणना जारी रहेको अवस्थामा उनि बिजेता भने घोषित भईसकेका छैनन् । 

कांग्रेसका प्रभावशाली नेता तथा प्रतिष्ठित अर्थमन्त्री रामशरण महतको गृह तथा कांग्रेसकै पकेट क्षेत्र मानिने स्थानमा बिजयी हुँदा माओवादी केन्द्रले एक-अर्कालाई बधाई दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!