धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

Posted on: 20 May, 2017

जेठ ६, काठमाडौं । कांग्रेस-माओवादी तालमेल रहेको धादिङ, नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन् । 

विजयी बन्ने क्रममा ढुंगानाले प्रतिद्वन्द्वी श्रैष्ठको भन्दा झण्डै दोब्बर अर्थात १३ हजार १ सय ६६ मत ल्याए भने प्रतिद्वन्द्वी एमालेका अर्जुनकुमार श्रेष्ठले ६ हजार ६ सय ९० मत मात्र ल्याउन सके ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रले जित्न सफल भएको छ । केन्द्रका उम्मेदवार मनराज भण्डारी १० हजार ३ सय २३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत पाएकी छन् । 

नीलकण्ठ नगरपालिकाको मतपरिणाम आएसंगै धादिङको सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!