एमाले र निर्वाचन अधिकृतको मिलिमतोमा जितिसकेकी महिला सदस्यलाई यसरी पराजित बनाइयो

Posted on: 21 May, 2017

जेठ ७, नवलपरासी | नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा चुनाव जितेकि एक महिला सदस्यलाई पराजीत बनाइएको छ । गाउँपालिकाको वडा नं २ मा नेपाली कांग्रसको तर्फबाट महिला सदस्य पदमा उठेर निर्वाचित भएकि बिन्दा नेपाललाई निर्वाचन अधिकृत र नेकपा एमालेको मिलोमतोमा पराजित बनाइएको कांग्रेसले आरोप लगाएको छ ।

बिनयी त्रिवेणीमा गाउपालिकामा गत बैशाख ३१ गते मतदान सम्पन्न भएको थियो । वडा नं. ४ को मतगणनाको नतिजा जेष्ठ २ गते नै सार्वजनिक भएको थियो । वडा नं २ को नतिजा सार्वजनिक भएपछि निर्वाचन अधिकृतले बिन्दा नेपाललाई निर्वाचित घोषित गरेका थिए । बिन्दा जेष्ठ ४ गते पदभार ग्रहण कार्यक्रममा सपथ ग्रहण गर्दै प्रमाण पत्र पनि बुझेकि थिईन् ।  बिन्दाले दुम्किबास एक फोटो स्टुडियोमा प्रमाण पत्र लेमिनेश गर्न पठाएकि थिइन । जेठ ५ गते एमालले षडयन्त्र रच्दै, बिन्दाको प्रमाण पत्रमा केहि त्रुटि भएको भनि बिन्दालाई झुक्याउदै प्रमाण पत्र एक व्यक्ति मार्फत सच्याउन निर्वाचन अधिकृतको कार्यालय ल्याउन सफल भयो ।

प्रमाण पत्रमा त्रुटिको बहाना देखाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई बिन्दाको प्रमाण पत्र च्यातेर फालियो र एमाले पार्टीका महिला सदस्यकि उम्मेदवार पुष्पा आलेलाई नक्कली बिजेता बनाइ प्रमाण पत्र समेत दिने काम गरियो । कांग्रेसका कार्यकर्ता मुरारी घिमिरेले निर्वाचन अधिकृत र नेकपा एमाललेलाई आरोप लगाउदै यो काम यि दुईटैको मिलोमतोमा भएको सञ्चार माध्यमलाई बताए । यस घटनाको थप जानकारी लिन निर्वाचन अधिकृतलाई पटक पटक फोन मार्फत सम्पर्क गर्न प्रयास गर्दा उनको फोन उठेको छैन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!