बर्दियाका दुई पत्रकारलाई काँग्रेसबाट स्थानीय निकायको टिकट

Posted on: 24 May, 2017

जेठ १०, गुलरिया (बर्दिया) | जेठ ३१ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ । 

वडा तथा नगर कार्यसमितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी र नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठलाई क्षेत्रीय कार्यसमितिले पनि अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको हो । 

नेपाली काँग्रेसले भण्डारीलाई गुलरिया नगरपालिका–७ को वडा सदस्यमा र श्रेष्ठलाई वडा नं ५ को वडा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेकोमा बर्दियाका सम्पूर्ण पत्रकारले खुसी व्यक्त गरेका छन् । 

बर्दियाको पत्रकारिता, समाजसेवा र राजनीतिमा विशेष योगदान पुर्याउँदै आइरहेका पत्रकार राजभण्डारी र श्रेष्ठलाई अत्यधिक मतका साथ वडा सदस्यमा बिजयी बनाउन चुनाव प्रचारप्रसार समितिले सबैमा आग्रह गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!