सर्लाहीमा ३ गाउँपालिका र एक नगर थपियो (नाम र विवरण सहित)

Posted on: 24 May, 2017

जेठ १०, काठमाडौं । सरकारले गरेको नयाँ निर्णय अनुसार स्थानीय तह थप्ने बिषयमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिकको वडा नं ६ र ७ तथा हरिपुर्वा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ लाई गाभेर नयाँ पर्सा गाउँपालिका बनाएको छ । 

त्यस्तै चक्रघट्टा गाउँपालिकाको ५, ६ र ७ वडा र विष्णु गाउँपालिकाको ९, १०, ११ र १२ वडालाई गाभेर नयाँ कौडेना गाउँपालिका बनाएको छ । 

त्यस्तै धनकौलीको ५ वटा वडा र चक्रघट्टा गाउँपालिकाको एउटा वडालाई मिलाएर बसबरीया गाउँपालिका बनाएको छ ।

त्यस्तै कविलासी गाउँपालिकालाई नगरपालिकामा गाभेको छ । त्यस्तै बलरा नगरपालिकाको वडा नम्बर ६ लाई भने गोडैटा नगरपालिकामा गाभेको छ । 

त्यसैगरी रामनगर गाउँपालिकाको ३ नम्बर वडालाई धनकौल गाउँपालिकामा गाभेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!