भरतपुरमा रेणु र देवीको मतान्तर अब १३७६ मात्रै, रेणु निरन्तर देवीको नजिक (अपडेट)

Posted on: 25 May, 2017

जेठ ११, चितवन | चितवन स्थित भरतपुर महानगरपालिकामा मतगणना अझै जारी छ । दुई दिन अघिसम्म निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावालीको स्पिड पछिल्लो अवस्थामा रेणु दाहालको पक्षमा देखिएको छ ।

एमाले उम्मेदवार देवी ज्ञवालीले निकै राम्रो मतले अग्रता लिएपछी मतान्तरमा माओवादीकि उम्मेदवार रेणु दाहालको स्थति निकै कमजोर बनेको थियो तर अब रेणुको मतको स्पिडले गति लिएको छ । 

माओवादी-कांग्रेस गठवन्धन रहेको भरतपुरमा माओवादीकी उम्मेदवार रेणु दाहालले देवीलाई अग्रता दिन अब १३७६ मत ल्याउनुपर्ने हुन्छ । मंगलबारसम्म ३८३३ मतले अग्रता लिएका देवीले अहिले ३२०५५  मत प्राप्त गरेका छन् भने रेणु दाहालले ३०६७९ मत प्राप्त गरेकी छन् । 

त्यस्तै उपमेयर पदका लागि नेपाली कांग्रेसले एमालेलाई निकै पछाडी पारेको छ । पछिल्लो प्राप्त जानकारी अनुसार एमालेका उपमेयरलाई २८९६५ मत प्राप्त भएकोमा माओवादी-कांग्रेस गठबन्धनले ३४,१९३ मत प्राप्त गरेको छ । 

यो पनि पढ्नुस 

>> कतार एयरवेजमा नेपालीहरुलाई रोजगारीको अवसर 

>> एक्कासी मोबाइल बन्द भए फ्रिजमा हाल्दिनुस

>> आफ्नो जन्म मितिबाट आफैले थाहा पाउनुस, तपाइको भाग्य कति बर्षदेखि चम्कन्छ ?

>> पुरुषका यस्ता ११ गुणले गर्दा महिलाहरु हुरुक्कै हुन्छन् !

यस बिषयमा तपाइको प्रतिक्रिया...!