अस्पतालमा ठाउँ नपाएपछी डा. केसी मन्दिरमा अनसन बस्ने

Posted on: 27 May, 2017

जेठ १३, दाङ । दाङमा मेडिकल कलेज स्थापना गर्ने लगायतका माग राख्दै अनशन बस्नका लागि घोराही आइपुगेका डा. गोविन्द केसीको अनशनस्थल फेरिएको छ ।

केसीले आफ्नो एघारौँ अनशन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न चाहेका थिए । तर, अस्पताल प्रशासनले अनसन बस्न रोकेको छ । आइसीयुको अभाव देखाउँदै अनशन रोक्ने मागसहित अस्पताल प्रशासनले अनसन रोक्न  बिहान प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई आग्रह गरेको थियो ।

डा केसी अब सिरडी साई मन्दिर घोराहीमा अनशन बस्ने निर्णयमा पुगेका छन् । उनले केसीले आफ्ना माग पूरा नहुँदासम्म काठमाडौँ नफर्कने बताएका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले भोलि २ बजेसम्मका लागि समय माग गरेपछि शनिबार अपराह्न ४ बजेबाट सुरु गर्ने भनिएको अनशन भोलिसम्मका लागि रोकिएको डा केसीका सहयोगी डा सुमन आचार्यले जानकारी दिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!