भरतपुर महानगरपालिका: रेणु र देवीबीच अब १००० मतान्तर

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौँ |भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने सम्भावना रहेका वडाहरु हुन् । 

जारी मतगणनाको पछिल्लो मतपरीणाम अनुसार अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवाली १००९ मतको अग्रतामा छन् । जुन मतान्तर पछिल्लो समय रेणुले बिभिन्न वडाबाट बढेर पाएको मत हो ।

१८ नम्बर वडाका वडाध्यक्षमा कांग्रेस विजयी भएसंगै रेणु दाहालको पोल्टामा धेरै मत खसेको छ । अहिले गनिएको वडामा पनि देवीलाई भन्दा रेणुलाई राम्रो मत खसेको छ । वडा नम्बर १९ मा एमालेले आफुलाई शक्तिशाली छौं भनेको अवस्था छ भने बाँकी २ वडामा कांग्रेसको स्थिति बलियो छ । 

पछिल्लो आंकलन अनुसार रेणुलाई अझै पनि जितका लागि १००९ को मतान्तर घटाउँदै लानुपर्ने आवश्यकता छ । पछिलो मत परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञावालीको पक्षमा ४०१६७ मत प्राप्त भएको छ भने कांग्रेस-माओवादीको उम्मेदवार रेणु दाहालको पक्षमा ३९१५८ मत प्राप्त भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!