भरतपुरको मतगणना रोकियो, यस्तो छ कारण

Posted on: 28 May, 2017

जेठ १४, चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यसबारे अहिले छलफल चलिरहेको छ । 

अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।

देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!