राजपाको लाठी जुलुस, फोरम र नँया शक्ति पनि सहभागी

Posted on: 28 May, 2017


जेठ १४, नवलपरासी | राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) आज परासी सहित मधेसका विभिन्न ठाँउहरुमा  लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गराउन लागेको विरोधमा राजपाले पूर्व निर्धा्रित कार्यक्रम अनुसार लाठी जुलुस निकालेको मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीले जानकारी दिनुभयो ।

लाठी जुलुस कार्यक्रम राजपाका नेता कार्यकर्ता सहित , संघिय समाजवादी फोरम नेपाल लोकतान्त्रिक फोरम तथा नँया शक्ति नेपालका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । लाठि जुलुस प्रदर्शन गर्दै मधेस केन्द्रित दलका नेताहरुले अहिलेको अवस्थामा मधेसका लागि स्थानीय चुनाव धोखा भएको भन्दै चुनाव विरोधी नाराबाजी गरेका थिए ।

यस्तै मोर्चाका कार्यकर्ताहरुले अन्य पार्टिहरुले चुनाव प्रचार प्रसारका लागि झुन्ड्याईएको झन्डा च्यातेका छन् भने चुनाव प्रचार प्रसार कार्यालयमा समेत आक्रमण गर्ने प्रयास गरेका थिए । लाठि जुलुस प्रदर्शन पछि सदरमुकाम परासीमा आयोजित कोणसभामा नेताहरुले मधेसमा स्थानीय तहको सँख्या थप्नु पर्ने , राजपाको दल दर्ता गरी छाता चुनाव चिन्ह दिनुपर्ने , मधेस  आन्दोलन सँग सम्बन्धित मुद्धाहरु फिर्ता लिनुपर्ने बताएका थिए । मधेसको मांग सम्बोधन नभए मधेसमा चुनाव गर्न नदिने नेताहरुले चेतावनी समेत दिएका छन् भने अन्य पार्टिहरुलाई चुनावी गतिबिधि अगाडि बढाउन समेत अवरोध गरका छन् ।

मोर्चाले सदरमुकाम परासी , बेलासपुर , महेशपुर , गोपिगँज , गुठिप्रसौनी लगायतका ठाँउहरुमा बिरोधका कार्यक्रमहरु गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!