बिबादपछी रोकिएको भरतपुरको मतगणना फेरी सुरु

Posted on: 28 May, 2017

जेठ १४, चितवन । मतपेटिकाको सिल सम्बन्धि विवाद समाधान भएपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । 

वडानम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको थियो । मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको भन्दै दलका प्रतिनिधिहरुले विवाद झिकेका थिए । तर, पछि छानबिनको क्रममा डायरीमा टिपोट गरिएको सिल नम्बर खालि मतपेटिकाको रहेको खुलेपछि विवाद समाधान भएको छ ।

अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।

ताजा मत परिणाम अनुसार एमालेका ज्ञवालीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी दाहालले ४० हजार १९६ मत प्राप्त गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!