बडिगाड गाउँपालिकामा जनप्रतिनिधिले काम सुरु गरे

Posted on: 01 Jun, 2017

कमल पौडेल | जेठ १८, खर्वाङ | बडिगाड गाउँ कार्यपालिकाको पहिलो वैठकले सडक नपुगेका वडा कार्यालयमा पहिलो प्राथमिकताका साथ  सडक पुर्याउने निर्णय गरेको छ ।

विहिवार पदभार ग्रहण संगै वसेको वैठकले सो निर्णय गरेको हो। वैठकले गाउँपालिका भित्र भूमिहिन जनताको पहिचान गर्न समिति गठन गरेको छ ।

त्यस्तै पालिका कार्यालयको लागी आवश्यक जग्गा व्यावस्थापन गर्न अध्यक्ष मेयरसिंह पाइजाको संयोजकत्वमा ३ सदस्यिय समितिको गठन गरेको छ। समितिमा उपाध्यक्ष अम्वर वहादुर श्रीस र वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेल रहनु भएको छ। शुक्रवार अधिकाशं वडाहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गर्ने कार्यक्रम रहेको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!